बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

शुक्रबार, २७ साउन, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. सात सयले बढेर रु. ९७ हजार तीन सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ६ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार एक सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार दुई सय २५ कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

सुझावित समाचार