भरतपुर आँखा अस्पतालले १८ जनाबाट ३५ वटा आँखाको नानी संकलन गरेको छ । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन गरिएको हो ।
अस्पतालले ०७४ बाट आँखाको नानी संकलन तथा प्रत्यारोपण सुरु गरेको हो । कार्यक्रम हेर्दै आएकी छाया श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उनले ८४१ जनाले मरणोपरान्त आँखा दान गरेको जानकारी दिइन् ।
विगतमा कोरोनाका कारण नानी संकलन कार्य प्रभावित भए पनि पछिल्ला दिन धेरै नानी संकलन हुन थालेको उनले बताइन् । संकलित नानी ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहको रहेका छन् ।
अस्पतालमा कर्निया रोग विशेषज्ञ डा. पुष्पा गिरीको नेतृत्वको टिमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरीका अनुसार मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी संकलन गर्न सकिन्छ ।
यहाँ संकलन गरिएको नानी नेपाल आँखा बैंक तिलगंगा काठमाडौं पठाउने गरिएको छ । तिलगंगामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्ने उनले बताए ।
१८ जनाबाट आँखाका ३५ नानी संकलन
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
सुझावित समाचार
प्रहरी महानिरीक्षक कार्कीबाट मौलो तथा निसान पूजा सम्पन्न
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बडादसैँका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलो…
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गा…
चाडपर्वमा हुन सक्ने डिजिटल ठगीप्रति सचेत रहन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन आग्रह गरेको छ। बैंकहरू बन्द हुन…
आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले हिमाली र पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने…
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
विश्वकप लिग– २ : ओमानविरुद्ध नेपालको रोमाञ्चक जित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलम…
विश्वकप लिग– २ : ओमानविरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गर…