बागमतीमा जलसतह उच्च, तटीय क्षेत्रमा सतर्क रहन अपिल

बुधबार, २४ साउन, २०७९
डिजिटल संस्करण

साँझदेखि परेको भारी वर्षाको कारण बागमती नदीमा बाढी आएको छ । नदीको जलसतह निकैमाथि पुगेको छ । नदीको पानी केही स्थानमा सडकसम्म पुगेको छ । साँझदेखि नै काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ ।

काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सबैभन्दा बढी नगरकोट क्षेत्रमा वर्षा भएको छ । अधिक वर्षाका कारण बागमतीसँगै हनुमन्ते, मनोहरा, विष्णुमती, धोबीखोलामा बहाव बढेको छ । बाढी पूर्वानुमान महाशाखाले दिएको छ । 

बागमती नदी खोकना केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेपछि सरकारले एनटिसी र एनसेलमार्फत तटीय क्षेत्रका नागरिकको मोबाइलमा सन्देश पठाएको छ । बागमतीमा बहाव बढ्दो क्रममा रहेको छ।  बुधबार बिहानसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।

सुझावित समाचार