माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्न प्रस्ताव आइरहे पनि आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । ४ मंसिरको चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएको उनको भनाइ थियो ।
जापान भ्रमणमा रहेका प्रचण्डले त्यहाँ रहेका नेपाली सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, ‘राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन भूमिका भए पुग्छ ।’
उनले यस्तो अफर ०७४ पछि धेरैपटक आएको बताए । `म त्यस्तो छिनाझपटीमा छैन । म दुईचोटी प्रधनमन्त्री भइसकेको छु । प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आए । ०७४ पछि आयो । मैले प्रधानमन्त्रीको रेसमा छैन भनेँ । अहिले पनि त्यस्तो प्रस्ताव छ । तर, म रेसमा छैन ।’
उनले देशमा सुशासन र विकासको वातावरण बनोस् भन्ने मात्र अहिले आफ्नो चाहना रहेको जिकिर गरे ।
यस्तै, उनले भौतिक पूर्वाधार विकास र विद्युतीकरणलाई तीव्रता दिएर कृषि र कृषिमा आधारित उद्योगमार्फत देशलाई ८–१० वर्षभित्रमा विकासको नयाँ युगमा लान सकिन्छ भन्ने सपना देखेको बताए ।
‘यो सपना देख्नु प्रधानमन्त्री बन्न हतारो गरेको भनेर बुझिन्छ भने यति ठूलो राजनीतिक परिवर्तनमा माओवादीले खेलेको भूमिका, प्रचण्डको भूमिकालाई मिनिमाइज र बदनाम गर्ने चाल मात्र हो,’ उनले भने, ‘म अहिले रेसमा चाहिँ छैन ।’
प्रचण्डले भने – अफर आइरहेको छ तर म प्रधानमन्त्रीको रेसमा छैन
सुझावित समाचार
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…