भूकम्पको धक्का महसुस

शनिबार, २० साउन, २०७९
डिजिटल संस्करण

बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । 

बिहान ५ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा रेकर्ड भएको छ ।

संघीय राजधानी काठमाडौं नजिकै रहेको नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ,काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुलीसहित चीन र भारतका केही स्थानमा पनि महसुस गरिएको थियो ।

See More On

सुझावित समाचार