झापाको पालिया खोलामा शिशुको शव फेला

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण

झापाको मेचीनगर नगरपालिका– ६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। पानीमा तैरिरहेको अवस्थामा शुक्रबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

See More On

सुझावित समाचार