साफ यू–२० फुटबल च्याम्पियनसिपको फाइनल पुग्ने नेपालको सपना सकिएको छ । लिग चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै नेपालको फाइनल यात्रा सकिएको हो ।
९०औँ मिनेटमा भारतका लागि गुर्किरत सिंहले डिबक्सभित्र रिबाउन्डमा पाएको बलमा पावरफुल सट प्रहार गर्दै बललाई जाली चुमाए । त्यसअघि खेलको सुरुदेखि नै भारतले माल्दिभ्समाथि दबाब कायम राखेको थियो । तर, भारतीय स्ट्राइकरलाई माल्दिभ्सका गोलरक्षक र डिफेन्स लाइनअपले असफल बनाइरहेको थियो । अन्ततः भारतले ९०औँ मिनेटमा गोलको खडेरी तोड्यो ।
खेल जितेको भारतका लागि ९२औँ मिनेट सुखद् रहेन । सर्वाधिक गोलको सूचीमा अग्रस्थानमा रहेका पार्थिव सुन्दर गुगोय रातोकार्ड पाउँदै बाहिरिए । उनले फाइनल गुमाउनेछन् ।
जितपछि डिफेन्डिङ च्याम्पियन भारत फाइनल पुगेको छ । अब उपाधिका लागि भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
साफ यू–२० : सकियो नेपालको फाइनल पुग्ने सपना, उपाधिका लागि भारत र बंगलादेश भिड्ने
सुझावित समाचार
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत ओमानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्…
एनपिएलका सबै खेलमा डिआरएस लागू हुने, खेल समय पनि संशोधन
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि प्रयोग गरिने भएको छ। …
रोनाल्डोमाथि ३० दिनको निलम्बन र २५५ युरो जरिवाना
पोर्चुगिज फुटबल महासंघ (एफपिएफ)ले क्रिस्टियानो रोनाल्डोलाई आफ्नो देशको अन्तर्राष्ट्रिय क्याम्प छोडेकोमा ३० दिनको निलम्बन र २५५ युरो…
तेस्रो संस्करणको एनपिएलमा डिआरएस प्रयोग हुने
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ। नेपा…
आइसिसी लिग– २ : नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम शृंखलाको खेलमा नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेक…
ओमानविरुद्ध देव खनालको अर्धशतक
काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा ओपनर देव खनालले अर्धशतक पूरा गरेका छन्। अर्धशतक बना…