कुलमान भन्छन् - भारतलाई बिजुली बेचेर प्राधिकरणले दुई महिनामा साढे तीन अर्ब कमायाे

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

नेपालले दुई महिनाबीच भारतलाई बिजुली निर्यात गरेबापत साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्विटरमार्फत यो जानकारी दिएका हुन्। नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत् निर्यात सुरु गरेको थियो।

‘शुभ समाचार भन्दै’ प्रबन्ध निर्देशक घिसिङले लेखेका छन्, ‘नेपाल विद्युत् प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्बभन्दा बढी रुपैयाँ कमाएको छ।’

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली निर्यात गरिरहेको छ। दुई देशबीच भएको सहमतिअनुसार नेपालले भारतलाई ३६४ मेघावाटसम्म विद्युत् निर्यात गर्न पाउनेछ। नेपालका ६ वटा जलविद्युत् आयोजनामा उत्पादित विद्युत् खरिद गर्न भारतले सहमति जनाएको सम्बद्ध अधिकारीहरूको भनाइ छ।

सुझावित समाचार