प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणले आइपिएसमा सरकारको दोहोरो नीति देखियो : दिलकुमारी रावल

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण
प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणले आइपिएसमा सरकारको दोहोरो नीति देखियो : दिलकुमारी रावल

फाइल फाेटाे

राष्ट्रिय सभा  सदस्य दिलकुमारी रावल थापाले प्रधानसेनापति अस्ट्रेलियामा जारी आइपिएसको कार्यक्रममा सहभागी भएको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन्। बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद रावलले प्रधानसेनापति आइपिएसको कार्यक्रममा सहभागी भएको विषयमा जवाफ माग गरेकी हुन्।

‘अस्ट्रेलियाको मेलवर्नमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति सहभागी भएको भन्ने समाचार बाहिर आएको छ । कुरा के हो ? एकातिर आइपिएसको कार्यक्रममा सहभागी नहुने सरकारको निर्णय, अर्कोतिर सेनापति सहभागी हुने सरकारको दोहोरो नीति के हो ? म सरकारबाट स्पष्ट जवाफ चाहन्छु,’ उनले भनिन्।

सांसद रावलले कोभिड– १९ को संक्रमण बढिरहेकोतर्फ समेत सरकारलाई सचेत गराएकी छिन्। उनले भनिन्, ‘कोभिड– १९ को नयाँ भेरियन्ट बढिरहेको सन्दर्भमा एकातिर स्वास्थ्य मापदण्ड कमजोर भइरहेको छ। अर्कोतिर भ्याक्सिन डेट एक्सपाएर भइरहेको छ। यसतर्फ सरकार गम्भीर हुन म आग्रह गर्न चाहन्छु।’

सुझावित समाचार