बिहीबार घटेकै दरले बढ्यो सुनको मूल्य, आज कति पुग्यो ?

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

बिहीबार एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार सोही दरले बढेको छ। बिहीबार ९३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर ९४ हजार पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ। उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार पाँच सय थियो।  

यसैगरी, आज चाँदीको मूल्यसमेत अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार एक सय ६५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

सुझावित समाचार