लमजुङ प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको मोतीहारी बिहार वेष्ट चम्पारण झखरा ४ घर भएका वर्ष २२ का दिपु कुमारलाई पक्राउ गरेको हो । उनलाई बुधबार बेसीशहर नगरपालिका १ उदीपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिपुकुमारको साथबाट लुकाईछिपाई लिई हिँडेको पेस्तोल एक थान र पेस्तोलमा लाग्ने जङ्गी राउण्ड (गोली) एक थान, मोबाईल एक थान, सिमकार्ड एक थान र उनको आधार कार्ड समेत बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । दिपु कुमारलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा जिल्ला अदालत लमजुङबाट बिहीबार म्याद थप गरी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।