गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै माइतीघर मण्डलामा कार्टुन प्रदर्शन

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण
गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै माइतीघर मण्डलामा कार्टुन प्रदर्शन

तस्बिर : संजित परियार

विवादमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले कार्टुन प्रदर्शन गरेका छन्। प्रतिपक्ष दलको सदस्यता लिएर अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले माइतीघर मण्डलामा कार्टुन प्रदर्शन गरेका हुन्।

मंगलबार सार्वजनिक संघर्षका कार्यक्रमअन्तर्गत विद्यार्थी संगठनहरूले आज गभर्नर अधिकारीको विरोधमा प्रदर्शन गरेका हुन्। एमालेको अर्थ तथा योजना विभागमा एम.अधिकारी खोटाङ नाम उल्लेख भएपछि गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिएका हुन्।

संयुक्त विद्यार्थी संगठनले शुक्रबार ६ गते देशैभरका क्याम्पसहरूमा विरोध कार्यक्रम गर्ने तथा ७ गते अधिकारीको बर्खास्तीको माग गर्दै संसदमा आवाज उठाउन सांसदहरूलाई अनुरोध गर्दै प्रदर्शनीमार्गबाट सन्देश पठाउने तयारी गरेको छ।

सुझावित समाचार