सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९४ हजार आठ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. ९४ हजार ६ सयमा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला रु. दुई सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९४ हजार तीन छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९४ हजार एक सय थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार एक सय ८५ कायम रहेको महासंघले जनाएको छ।