हिमालयन बुलियनको एचबिसी एप सार्वजनिक

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ चाँदी प्रशोधन तथा कारोबार गर्ने कम्पनी हिमालयन बुलियन कम्पनी लिमिटेड (एचबिसी)ले आइएसओ र एन्ड्रोइड प्रयोगकर्ताका लागि ‘एचबिसी एप’ सार्वजनिक गरेको छ ।

कम्पनीअनुसार यस एपमार्फत ग्राहकले आफूलाई सहज हुने रकम र समयमा चरणबद्ध भुक्तानी गर्दै वास्तविक चाँदीका सिक्का तथा बार खरिद गर्न सक्नेछन् । सम्पूर्ण रकम भुक्तानी भएपछि उक्त चाँदी ग्राहकको पूर्ण स्वामित्वमा आउने बताइएको छ ।

सामान्यतया चाँदी खरिद गर्न पहिले नै एकमुस्ट रकम जम्मा गर्नुपर्ने अवस्था भए पनि यो एपले प्रक्रियालाई सरल बनाउने कम्पनीको दाबी छ । ग्राहकले आफूसँग उपलब्ध रकमबाटै चाँदी खरिदको सुरुवात गर्न सक्नेछन् । 

यसै अवसरमा कम्पनीले दुई विशेष योजनासमेत घोषणा गरेको छ । जसअन्तर्गत सलिको इन्स्योरेन्स र एचएसबिसीबिचको सहकार्यमा सबै ग्राहकलाई १० लाखसम्मको व्यक्तिगत दुर्घटना बिमा सुरक्षा उपलब्ध हुनेछ । साथै, तिहारसम्म सञ्चालन हुने विशेष लक्की ड्रमार्फत एक भाग्यशाली ग्राहकले टेस्ला मोडेल–३ इभी जित्ने अवसर प्राप्त गर्नेछन् । ‘चाँदी किन्नका लागि पहिलेदेखि नै पैसा बचत गर्दै आउनुपथ्र्यो । अब भने आफूसँग जति रकम उपलब्ध छ, त्यतिबाटै आजै सुरुवात गर्न सकिन्छ,’ कम्पनीको भनाइ छ ।

सुझावित समाचार