सिटिजन्स बैंकद्वारा तीन सय विद्यार्थीलाई न्यानो स्वीटर वितरण

सोमबार, २६ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाको पातारासी गाउँपालिका– ७, रिनीमा रहेको सरस्वती माविका तीन सय विद्यार्थीलाई न्यानो स्वीटर प्रदान गरेको छ। बैंकको जुम्ला शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई न्यानो स्वीटर सहयोग गरेको हो।

ग्रामीण भेगका विपन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई जाडोको समयमा विद्यालय जान सहयोग पुग्ने उद्देश्यले न्यानो स्वीटर वितरण गरिएको बैंकले जनाएको छ। यस पहलबाट ग्रामीण भेगका विद्यालयको शैक्षिक कार्यक्रममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

‘बैंक अफ द इयर’ २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। हालसालै बैंकले नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र  ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लाटफर्म सञ्चालनमा ल्याएको छ।

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खातासमेत सुरु गरेको छ। साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधासमेत ल्याएको छ।
 

सुझावित समाचार