काठमाडौं/ सामसङ नेपालले एनसेलका ग्राहकलाई लक्षित गर्दै दसैँ विशेष अफर ल्याएको छ । कम्पनीले एनसेलसँगको सहकार्यमा सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिद गर्दा विशेष छुटसहितको योजना ल्याएको हो ।
योजनाअन्तर्गत एनसेलका ग्राहकले सामसङको चाडपर्वका अफरमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । यसरी दुवै अफरबाट योग्य मोडेलमा कुल ३१ प्रतिशतसम्म लाभ लिन सकिने बताइएको छ । यस सहकार्यले सामसङको चाडपर्व अफर ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ योजनालाई थप आकर्षक बनाउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यो सुविधाले नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिनेछ । यो सुविधा लिन ग्राहकले एनसेल एपको पार्टनर्ड सर्भिसेज सेक्सनमा गई आफूले पाउने छुटबारे थाहा पाउन सक्नेछन् ।