आबेको निधनमा आज राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

आबेको गोली प्रहार गरी हत्या गरिएको घटनाको सरकारले भत्र्सना गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति समवेदना पनि व्यक्त गरेको छ ।

शुक्रबार जापानको नारा सहरमा चुनावी भाषण गर्ने क्रममा ६७ वर्षीय आबेमाथि एक ४० वर्षीय पुरुषले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका आबेको अस्पतालमा निधन भएको थियो ।

सुझावित समाचार