आबेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विटरमार्फत आबेकाे निधनप्रति दुःख व्यक्त गरेका हुन्।

प्रधानमन्त्री देउवाले आबे विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि भएको उल्लेख गरेका छन्। शुक्रबार बिहान चुनावी भाषणका क्रममा आबेमाथि गोली प्रहार भएको थियो। उपचारको क्रममा आबेको निधन भएको थियो।

सुझावित समाचार