बारा कोल्हवीका शिवराज एक सातादेखि बेपत्ता

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

बारा कोल्हवी नपा–२ का ४५ बर्षीय शिवराज मैनाली एक सातादेखि बेपत्ता भएका छन् । परिवारका सदस्यका अनुसार उनी गत १७ असारमा बाराको जितपुर सिमरा उमनपा–८ बाट सम्पर्क बिहीन बनेका हुन् ।

उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बारामा उजुरी गरिएको परिवारका सदस्य निरन्जन मैनालीले बताए । साता दिन बितिसक्दा पनि शिवराजको खबर पत्ता लाग्न नसकेपछि परिवारका सदस्य पीडामा रहेको मैनालीले बताए ।

See More On

सुझावित समाचार