किसानले मल नपाएकोप्रति कांग्रेस सांसद संग्रौलाद्वारा सरकारको आलोचना

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण
किसानले मल नपाएकोप्रति कांग्रेस सांसद संग्रौलाद्वारा सरकारको आलोचना

फाइल फाेटाे

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले किसानले अझै मल नपाएको भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले रोपाइँ गर्ने वेलामा समेत सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरेकी हुन् । उनले बाढी–पहिरोपीडितहरूको उद्धार, राहत तथा प्रकोप न्यूनीकरणमा सरकारले गरिरहेको कामको बारेमा समेत जिज्ञासा राखेकी थिइन् ।

‘अहिले देशभरि नै बाढी–पहिरोका कारण जनजीवन आक्रान्त छ। बाटोघाटो अवरुद्ध छन् । कतिपय क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ,' उनले भनिन्, 'मानो रोपेर मुरी उमार्ने वेला किसानले मल पाएका छैनन् । सरकारको ध्यान अन्यत्र मोडिएजस्तो देखिन्छ। किसानले मल पाउँछन् कि पाउँदैनन् ? पाए  भने कहिले पाउँछन् ?’

सुझावित समाचार