सोलुखुम्बुमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । मंगलबार साँझ अविरल वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका– ९ लोखिमका सात वर्षीय बालक सुजन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
मृतककी आमा ताकमाया तामाङ घाइते भएकी छिन् । प्रहरीका अनुसार ताकमाया छोरालाई लिएर माइत हिँडेकी थिइन् । पानी परेकाले ओत लाग्न घरको पेटीमा बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।