रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १ खलंगामा जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वडा नम्बर १ खलंगाको बह्राटाकुरामा अवस्थित झोलुंगे पुलनजिकै एक महिलालाई जबर्जस्ती करणीको प्रयास गर्ने दाङको तुलसीपुर उपमहानगरपालिका– ४ का ३० वर्षीय रामबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि नजिकै छ । आइतबार साँझ काम सकेर घर फर्कँदै गरेकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा ओलीलाई पक्राउ गरेको जिल्ला प्रमुख प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।
उनका अनुसार ओलीमाथि जबर्जस्ती करणी उद्योगमा जाहेरी दरखास्त दर्ता भएको छ । साथै सोमबार जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी सोतीले बताए । जबर्जस्ती करणीको प्रयास गरेको र आफूलाई पुलबाट खसाउने प्रयाससमेत गरेको पीडित महिलाले बयान दिएको प्रहरीले जनाएको छ । घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।