किसानलाई मलको व्यवस्था गर्न सरकारले नचाहेको एमाले सचिव भट्टराईको आरोप

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल एमालेका सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकारले किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाएका छन् । बाली लगाउने वेलामा पनि सरकारले मलको नभई ‘माल’को खोजी गरिरहेको उनको आरोप छ । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले  ‘माल’ नआई सरकारले मल नल्याउने जिकिरसमेत गरे । 

‘यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजिरहेको छ । जबसम्म माल आउँदैन, तबसम्म मल आउनेवाला छैन ।  हामीले मल खोजको हो, मालको पछाडि लाग्न खोजेको होइन हामीले,’ सचिव भट्टराईले भने ।  मलको हाहाकार हुँदा पनि सरकार गम्भीर नभएको उनको आरोप छ । 

सुझावित समाचार