१३औँ पुण्यतिथिको अवसरमा ४३ जनाले गरे रक्तदान

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

चितवनको भरतपुरमा १३औँ दिनको पुण्यतिथिमा मृतकको सम्झनामा एक परिवारले रक्तदान आयोजना गरेको छ। भरतपुर–१० का स्वर्गीय शकुन्तला पौडेलको सम्झनामा उनको परिवारले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेका हुन्।

८ जेष्ठमा कार्यालयमा कार्यरत रहेकै समयमा पौडेलको करेन्ट लागेर निधन भएको थियो। १३औँ पुण्यतिथिमा आयोजित रक्तदान कार्यक्रममा परिवारका सदस्य एवं छिमेकी गरी ४३ जनाले रक्तदान गरेका छन्।

See More On

सुझावित समाचार