भालुको आक्रमणमा परी हुम्लामा एकजना घाइते

मंगलबार, १७ जेठ, २०७९
डिजिटल संस्करण

घट्ट पिस्न जाने क्रममा भालुको आक्रमणमा परी हुम्लाको नाम्खा गाउँपालिकामा एकजना घाइते भएका छन्। भालुको आक्रमणबाट नाम्खा गाउँपालिका– ४ का करिब ४८ वर्षीय कुन्जेन लामा घाइते भएका हुन्।

याल्वाङमा घट्ट पिस्न जाने क्रममा भालुले आक्रमण गरी घाइते बनाएको तामाङका आफन्त कार्मा तामाङले बताए। आक्रमणमा परेका उनले आफ्नो बायाँ कान गुमाएका छन्। घाइते तामाङलाई नाम्खा गाउँपालिका याल्वाङ स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल हुम्लामा रेफर गरिएको छ।

सुझावित समाचार