काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित मनाङ होटेलको सातौँ तलाको छतबाट खसेर एकजना पर्यटकको मृत्यु भएको छ। नेपाल घुम्न आएका आयरल्यान्डका नागरिक राहदानी नम्बर पिएच ४९०५२३१ बाहक ३२ वर्षीय एलान फिलिप्स एमसीको बुधबार बिहान छतबाट खसेर मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी १ जना ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए।