चुनावमा विभाजित भएर जाने छुट कसैलाई छैन : शेखर कोइराला

बिहिबार, १ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावमा विभाजित भएर जाने छुट कसैलाई नभएको बताएका छन्। नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको बताएका हुन्।

विरोधीहरू बलिया र संगठित रहेको भन्दै उनले व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ त्यागेर एक भएर निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याए।

‘हामीबीचका मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय हो र त्यसविरुद्ध हामी पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला,’ उनले भनेका छन्, ‘उम्मेदवार तय गर्दा निष्पक्षताका लागि हामी लड्ने छौँ। तर, प्रत्येक अनुकूल र प्रतिकूल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वाकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्नेछौँ भनी प्रण गर्नु आजको आवश्यकता हो ।’

सुझावित समाचार