मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले नेपाल व्यवस्थापन संघ (म्यान)को कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्यधिक मत ल्याई विजयी भएका छन् ।
काठमाडौंमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा विजेताहरूको मतसंख्याबारे जानकारी गराइएको थियो । यस विजयले एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीमा थप ऊर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।