नयाँ वर्षमा दराजका विभिन्न अफर तथा उपहार योजना

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

अनलाइन बजार दराजले नयाँ वर्षको अवसर पारेर आफ्नो वार्षिक अभियान ‘नववर्ष–२०७९ नयाँ रहर, नयाँ अफर’ नामक योजना सुरु गरेको छ । कम्पनीले यस वर्षको अभियान विगतका वर्षहरूभन्दा फरक बनाउँदै थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित योजना सुरु गरेको हो । अभियानमा ६० प्रतिशतसम्मको मेगा डिल, पाँच हजार रुपैयाँसम्मको विशेष छुट भौचरहरू, बैंक कार्ड, इसेवा र आइएमई पे वालेटबाट अनलाइन प्रि–पेमेन्टमा एक हजार पाँच सय रुपैयाँसम्मको छुट, एक रुपैयाँमै उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क सिपिङ र बम्पर उपहारका रूपमा याडिया एस–लाइक स्कुटर जित्ने मौका रहेको जनाइएको छ ।

दराज नववर्ष २०७९ को प्रमुख आकर्षणमध्ये एउटा पेमेन्ट पार्टनर छुट रहेको छ । जसमा ग्राहकले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा एक हजार रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्मको छुट पाउन सक्ने जनाइएको छ । सानिमा बैंक, एनआइसी एसिया बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबि बैंक, सन्राइज बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसिसी बैंक र सेन्चुरी बैंकका कार्डधारकले डेबिट कार्डमार्फत प्रि–पे गरे १० प्रतिशत वा बढीमा एक हजार रुपैयाँ र क्रेडिट कार्डमार्फत प्रि–पे गरे १५ प्रतिशत वा बढीमा एक हजार पाँच सय रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, सांग्रिला विकास बैंक, ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकका डेबिट वा क्रेडिट कार्डमार्फत प्रि–पेमेन्टमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ छुट पाउने जनाइएको छ ।  

यसबाहेक, दराजका ग्राहकहरूले इ–सेवा र आइएमई पे वालेटमार्फत भुक्तानी गर्दा सीमित अवधिका लागि १० प्रतिशत वा बढीमा एक हजार रुपैयाँसम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले पहिले नै कार्ड सक्रिय बनाउनुपर्ने कम्पनीले जानकारी दिएको छ । 
त्यस्तै, ‘खेल एक रुपैयाँ’ नामक खेलमा भाग लिएर पुरस्कार जित्न सकिने कम्पनीले जनाएको छ । यसमा ग्राहकले सामसङ ग्यालेक्सी एओथ्री कोर, रियलमी नार्जो फिफ्टी प्लस र वान प्लस टेन प्रो फाइभ जीजस्ता पुरस्कार एक रुपैयाँमै जित्न सकिने जनाइएको छ । 

 विभिन्न ब्रान्डमा विशेष छुट 
नववर्ष २०७९ अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो उत्पादनमा विशेष डिल र छुटहरू प्रदान गरिरहेको कम्पनीले जनाएको छ । जसअन्तर्गत  आमायरा फेसन हाउस, कन्भर्स नेपाल, रियलमी, डब्लुओडब्लु, बियर्डो, सिजी डिजिटल, इभोस्टोर, ओलिज स्टोर, लोट्टो स्पोर्टस् नेपाल, मसला बिड्स र फिलिप्स, जुआस, कोन्का एन्ड फोर्स, मिमी नेपाल, क्युएनयू फर्निचर, रोह्टो मेन्थोलाटम नेपाल, पियाजाइटालीय र मन्त्र नेपाललगायतका उत्पादनमा ६० प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार