जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्छ : उपेन्द्र यादव

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षसँगै विकास निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाएको बताएका छन् । राज्यले हजारौँ वर्षदेखि मधेसी जनतामाथि भेटघाट गरेको उल्लेख गर्दै यादवले भेद्भावबाट मुक्त गराउन राजनीतिक संघर्ष जारी नै रहेको र विकास निर्माणका कार्य पनि अघि बढाएको बताए । 

सप्तरीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आर्थिक समृद्धिका लागि कृषिमा आधुनिकीकरण हुनुुपर्नेमा जोड दिए । उनले भने, ‘नयाँ कृषि नीति ल्याएर कृषिमा आधुनिकीकरण र औद्योगीकरण गरिए गरिबी र बेरोजगारी समस्या सदाका लागि समाधान हुनेछ ।’

मधेसको विकासमा अत्यन्त न्यूून लगानी भइरहेको भन्दै उनले जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताए । उनले आर्थिक समृद्धि र विकासका लागि शिक्षा, स्वास्थ्य, सडक संरचना र उत्पादन आवश्यक रहेको बताए । 

कार्यक्रममा  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुुकुमारी यादवले वर्षौंदेखि अवरुद्ध रहेका निर्माण आयोजनाहरूको काम द्रुत गतिमा अगाडि बढेको दाबी गरिन् । सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उनले सर्वसाधारणको सहज पहुँच बढाउन गाउँ-गाउँसम्म जोड्ने सडक सञ्जाल विस्तार कार्य भइरहेको दाबी गरिन् । 

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले ५० वर्षमा नभएको विकास निर्माणको काम मधेसमा चार वर्षमा भएको दाबी गरे । 

सुझावित समाचार