एमबिबिएस प्रवेश परीक्षा दिने पाँचजना नक्कली परीक्षार्थी पक्राउ

शुक्रबार, १८ चैत, २०७८
डिजिटल संस्करण

चिकित्सा शिक्षा आयोगले लिने एमबिबिएस प्रवेश परीक्षामा सहभागी पाँचजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले बताए। अरूको नाममा परीक्षा दिन आएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

सुझावित समाचार