मन्त्रिपरिषद्ले नेपाल प्रहरीका तीनजना डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।
गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले सिंह, पन्त र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
त्यसका विरुद्धमा लोकसेवा आयोगमा उजुरी परेपछि बढुवामा ढिलाइ भएको थियो। आयोगले बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले उनीहरूको बढुवा गरेको हो।