ओलीलाई साइजमा राख्न गठबन्धन गर्नुपर्छ : नेता पौडेल

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीलाई ‘साइजमा राख्न’ पनि गठबन्धन गर्नुपर्ने बताएका छन्। सोमबारको केन्द्रीय समिति बैठकमा नेता पौडेलले यस्तो धारणा राखेका हुन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई केही मत दिएर छुट्टै राखेर एमालेलाई बलियो बन्न दिन नहुने उनले बताए। ‘ओलीलाई बलियो बनाउन हुन्न। प्रचण्ड–माधवलाई अलिअलि मत हामीले थपेर छुट्टै राख्नुपर्छ,’ नेता पौडेलले भने, ‘ओलीलाई साइजमा राख्नुपर्छ।’

सुझावित समाचार