म्यादी प्रहरीमा भर्ना हुन रसुवामा युवाहरूको आकर्षण बढेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण बढेको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा २६३ जना म्यादी प्रहरीको माग गरिएको छ। आइबारदेखि आवेदन खुला गरिएसँगै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन जानेको भिड लागेको छ।
सोमबारसम्म १८४ जनाले आवेदन दिएकाे कार्यालयका प्रहरी निरीक्षक गणेश सापकोटाले जानकारी दिए। त्यसमध्ये ३६ जना महिला र १४८ जना पुरुष रहेका छन्। उनका अनुसार आवेदन दिन आएकाहरूमध्ये ७० प्रतिशत २० देखि २५ वर्षका युवाहरू रहेका छन्।
एसइई दिएका, पूर्वम्यादी प्रहरी, भूतपूर्व सेना-प्रहरीलगायतले आवेदन दिएका छन्। आइतबारदेखि सुरु भएको म्यादी भर्ना कार्यक्रम यही चैत ११ गतेसम्म रहनेछ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले बिहान १० देखि बेलुकी ५ बजेसम्म दरखास्त बुझाउन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।