जुम्लाका एक प्रवासी साउदीमा अलपत्र

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण

जुम्लाको गुठीचौर गाउँपालिका– १ मुनिगाउँका २५ वर्षीय मीनप्रसाद रोकाया साउदीको ताइमा सहरमा अलपत्र परेका छन्। तीन महिनाअघि वैदेशिक रोजगारका लागि साउदी पुगेका रोकाया अलपत्र भएका हुन्।

ब्लु ग्यालेक्सी म्यानपावर कम्पनीमार्फत वैैदेशिक रोजगारका लागि साउदी पुगेका रोकाया आर्मी क्याम्पमा सरसफाइको काम गर्दै आएका थिए। पेट दुख्ने बिमारी भएपछि आर्मीले अस्पताल ल्याएर छोडिदिए। अस्पतालले डिस्चार्ज गरेपछि कम्पनीबाट कुनै व्यक्ति लिन नआएपछि उनी ताइमा सहरमा अलपत्र परेका हुन्। अहिले आफू निकै समस्यामा परेको भन्दै रोकायाले उद्धार गरिदिन सामाजिक सञ्जालमा भिडियोमार्फत आग्रह गरेका छन्।

स्थानीय अर्जुन महताराका अनुसार रोकायाको उद्धारका लागि पहल भइरहेको छ। उनका अनुसार नेपालबाट साउदी पठाउने म्यानपावर कम्पनीलाई पनि उद्धारका लागि अनुरोध गरिएको छ। म्यानपावर कम्पनीले रोकायाको समस्या समाधान गर्न मंगलबार साउदी जाने तयारी गरेको जनाएको छ।

सुझावित समाचार