सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. तीन सयले बढेर रु. ९९ हजार पाँच सय पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु. ९९ हजार दुई सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार साेमबार तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार छ । उक्त सुन आइतबार प्रतितोला रु. ९८ हजार सात सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार तीन सय ७५ कायम रहेको महासंघले  जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले  दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय २६ डलर आसपासमा कारोबार भइरहेको छ ।

सुझावित समाचार