नेप्से परिसूचक १४ अंकले गिरावट, कारोबार रकम पनि घट्यो

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १४.६७ अंकले घटेर दुई हजार ६ सय १६.५८ बिन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका दुई सय २४ कम्पनीको ४२ लाख ८७ हजार पाँच सय ६९ कित्ता सेयर दुई अर्ब २७ करोड ४६ लाख २६ हजार एक सय ९१ रुपैयाँबराबरमा कारोबार भएको छ। पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकमसमेत निरन्तर रूपमा गिरावट हुँदै आएको छ।

नेप्सेका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा लगानी उपसमूहको सूचक मात्रै १.६६ प्रतिशतले बढेको छ। होटेल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै  १.९६ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।

आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत् कम्पनी र  विशाल बजार कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ।

सुझावित समाचार