राजस्व छली आरोपमा १६ करोडभन्दा बढी बिगो माग्दै तीनजनाविरुद्ध मुद्दा

बुधबार, २ चैत, २०७८
डिजिटल संस्करण

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा तीनजनाविरुद्ध १६ करोडभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको छ। विभागले सौगात इन्टरनेसनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनीलमान शाक्यविरुद्ध  उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। 

विभागका अनुसार सौगात इन्टरनेसनलले राजस्व चुहावट गर्ने मनसायले नक्कली भ्याटबिल बनाई राजस्व छली गरेको थियो। विभागले उनीहरूविरुद्ध बिगो आठ करोड २१ लाख ७२ हजार ६ सय ४१ रुपैयाँ र बिगोको शतप्रतिशत जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार दुई सय ८२ रुपैयाँबराबरको मुद्दा दायर गरेको छ। 

सुझावित समाचार