भारतले पठायो राजदूत शर्माको एग्रिमो

बुधबार, २ चैत, २०७८
डिजिटल संस्करण

भारतका लागि राजदूत सिफारिस भएका डा. शंकर शर्माको एग्रिमो आएको छ। बुधबार भारतले शर्माको नाममा सहमति पठाएको हो। भारतको विदेश मन्त्रालयले राजदूत शर्माको एग्रिमो परराष्ट्रलाई पठाएको हो। अब शर्मालाई राष्ट्रपति विद्या भण्डारीले नियुक्त गर्ने र शर्मा भारत जाने बाटो खुलेको छ। सरकारले  उनलाई कात्तिक ११ गते राजदूतमा सिफारिस गरेको थियो। उनको संसदीय सुनुवाइ मंसिर २२ मा भएको थियो। संसदीय सुनुवाइ समितिले शर्माको नाम अनुमोदन गरेपछि एग्रिमोका लागि भारतलाई पत्र पठाइएको थियो। शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अमेरिकाका लागि पूर्वराजदूतसमेत हुन्। शर्मासँगै राजदूत सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन्। 

सुझावित समाचार