डडेल्धुरामा गोली लागेर एकजनाको मृत्यु, चारजना नियन्त्रणमा

बुधबार, २ चैत, २०७८
डिजिटल संस्करण

डडेल्धुरामा गोली लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार राति गन्यापधुरा गाउँपालिका– ५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावरको सिकार गर्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा– ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका पानको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ   । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य चारजनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । नियन्त्रणमा लिइएकाहरूको परिचय भने प्रहरीले खुलाएको छैन ।

See More On

सुझावित समाचार