प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार, ३० फागुन, २०७८
डिजिटल संस्करण

सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँमा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ। जसको मूल्य आइतबार प्रतितोला एक लाख दुई हजार तीन सय  रुपैयाँ थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार चार सय १५ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नाै सय ७३ डलर आसपास कारोबार भइरहेको छ।

सुझावित समाचार