जबराविरुद्धको महाभियोग प्रस्ताव संसदमा पेस

आइतबार, २९ फागुन, २०७८
डिजिटल संस्करण

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद् बैठकमा पेस भएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा प्रस्तावकमध्येका एक देव गुरुङले प्रस्ताव बैठकमा पेस गरेका हुन्।

जबराको कार्यक्षमता र आचरणसम्बन्धी प्रश्न उठाएर फागुन १ मा महाभियोग प्रस्ताव दर्ता भएको थियाे। यसअघि फागुन २२ गते बसेको संसद् बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो। प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार १ बजेका लागि बोलाइएको छ।

सुझावित समाचार