पाँच दलीय गठबन्धन अदालतले जन्माएको गोरुको पाठा हुन् : ओली (भिडियोसहित)

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धलाई अदालतले जन्माएको गोरुको पाठाको संज्ञा दिएका छन् । एमाले  निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको शुक्रबारदेखि पोखरामा सुरु नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गदै उनले भने,‘गोरु ब्याउँदैन भन्थे तर नेपालको सर्वाेच्च अदालतमा व्यायो र पाँच पाठा पायो’,त्यसैले हालको सत्ता गठबन्धन गोरुको पाठा हुन् ।’  

आफुहरुले लडेर संविधान ल्याएको भएपनि परमादेशले त्यसको खिल्ली उठाएको उनले बताए । अमेरिकाबाट एक जना न्यायाधिशलाई आफू नेतृत्वको सरकार ढाल्नका लागी इमेल आएपछि परमादेशमार्फत सरकार ढलेको ओलीको दाबी थियो । 

संविधान भन्दा बाहिर गएर आफू नेतृत्वको सरकार ढालिएको ओलीको दाबी छ ।  परमादेशले संविधानको मजाक उडाएको, जनादेशको खिल्ली उडाएको, जनताको सार्वभौम अधिकार खेसेको, सेटिङका सबै काम भइरहेको भन्ने देखाएको आरोप समेत उनको थियो । परमादेशीहरुलाई निर्वाचन बाटै ठेगान ल्याउने भन्दै ओलीले महान जनताको साथ आफुहरुलाई रहेको बताए । 
 

See More On

सुझावित समाचार