एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् निरन्तर अवरोध हुने भए संसद् भंग गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गरेका छन्। संसद् चल्न नदिएर संसद्लाई पंगु बनाइएको भन्दै उनले एमाले अध्यक्ष केपी ओलीको वितण्डालाई सामना गर्नका लागि संसद् भंग गर्नुपर्ने बताए।
संसद् भंग गरिदिए केपी ओलीको हंगामा गर्ने ठाउँ नरहने उनको टिप्पणी छ। ‘हाउस चल्न पनि नदिन, केही गतिविधि गर्न पनि नदिने। हाउसलाई पंगु बनाउने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने। त्यस्तो हो भने त्योभन्दा पहिले पूरै संसद्ले नै अब केपी ओलीको वितण्डाको सामना गर्नलाई यसलाई भंग गरिदिने। न संसद् रहन् न हंगामा गर्ने ठाउँ नै रहन्छ, चुनावमा जाने,’ उनले भने।