युक्रेनका दुई सहरमा रुसद्वारा अस्थायी युद्धविरामको घोषणा

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण
युक्रेनका दुई सहरमा रुसद्वारा अस्थायी युद्धविरामको घोषणा

युक्रेनको मारिओपोल शहर

रुसले युक्रेनका दुई सहरमा मानवीय सहयोग मार्ग खुला गर्न अस्थायी युद्धविरामको घोषणा गरेको छ। बिबिसीका अनुसार रुसी रक्षा मन्त्रालयले मारिओपोल र भोल्नोभाखामा रुसी समयअनुसार शनिबार १० बजेदेखि मानवीय सहयोग मार्ग खाेल्ने घोषणा गरेको हो।

सर्वसाधारणलाई सुरक्षित रूपमा सहर छाड्न सहयोग गर्ने युक्रेनी अधिकारीहरूसँग समझदारी भएको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, युक्रेनी अधिकारीहरूले यस विषयलाई पुष्टि गरिनसकेका समाचारमा जनाइएको छ।

यसअघि मारिओपोलका मेयर भादिम बोइचेन्कोले नाकाबन्दीबीच रुसी सेनाले क्रुर हमलाहरु गरेको भन्दै मानवीय सहायता मार्गको माग गरेका थिए।

सुझावित समाचार