नेपाली कांग्रेस बाँकेको सभापतिमा संस्थापन इतरपक्षका नारायणप्रसाद गौडल विजयी भएका छन् । शुक्रबार भएको दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका सभापतिका उम्मेदवार बादशाह कुर्मीलाई पराजित गरी गौडेल सभापतिमा निर्वाचित भएका हुन् ।
गौडलले सात सय ६० र कुर्मीले ६ सय ६३ मत पाए। बिहीबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शुक्रबार दोस्रो चरणको निर्वाचन भएको थियो । संस्थापन पक्षका सुरेन्द्रबहादुर हमाल पहिलो चरणबाट बहिरिए पनि गौडेल र कुर्मीबीच प्रतिस्पर्धा भएको हो ।
सभापतिको मत गणना सकिएसँगै अन्य पदको गणना सुरु भएको निर्वाचन अधिकृत चित्रबहादुर शाहीले बताए ।