१५ दिने मध्यपरिक्रमा आजदेखि

बिहिबार, १९ फागुन, २०७८
डिजिटल संस्करण

मिथिला क्षेत्रको चर्चित धार्मिक यात्रा १५ दिने मध्यपरिक्रमा बिहीबारदेखि सुरु हुँदै छ । फागुन औँसीदेखि पूर्णिमासम्म मनाइने परिक्रमामा तीर्थयात्रीहरूले धनुषा, महोत्तरी र भारत विहारका दर्जनाैँ धार्मिक स्थलको भ्रमण गर्नेछन् । परिक्रमाले नेपालको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर भू–भाग समेट्नेछ । बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा हुन्छ । 

मिथिला माहात्मले मध्यपरिक्रमको सुरुवात १८औँ  शताब्दीभन्दा केही अघि भएको उल्लेख गरेको साहित्यकार डा. राजेन्द्र विमलले बताए । यो परिक्रममा धनुषाको कचुरी गाउँस्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ ।

डोलाको पछि–पछि परम्परागत बाजागाजासहितका मौलिक पहिरनमा सयौँ मानिस सहभागी हुन्छन् । लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने गर्छन् । 

सुझावित समाचार