लमही–घोराही सडकखण्ड मर्मतका लागि राति ९ घण्टा बन्द हुने

बुधबार, १८ फागुन, २०७८
डिजिटल संस्करण

दाङको लमही–घोराही सडकखण्ड राति ९  घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार मोड सुधार गर्नका लागि मर्मत  कार्य सुरु हुन  लागेकाले राति सडक बन्द गर्न लागिएको हो। 

डिभिजन प्रमुख रामपुकार जयसवालका अनुसार आउँदो फागुन २२ गते आइतबारदेखि फागुन ३० गते सोमबारसम्म बन्द गर्न लागिएको हो।

बेलुका  ७ बजेदेखि बिहान ४ बजेसम्म बन्द  गरेर सडक मर्मत  गर्न लागिएको उनले बताए। लमही–घोराहीसडक खण्डको कुइरेपानीदेखि लमहीसम्मका सडकबीचका मोडहरू  सुधार गर्ने कार्य हुनेछ। साँघुरो मोड हुँदा त्यस  क्षेत्रमा दुर्घटना भइरहेका छन्।
 

सुझावित समाचार