तुलसीपुरका तीन कार्यपालिका सदस्यको पद रिक्त

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

तुलसीपुर उपमहानगरपालिकाका तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ। निर्वाचन आयोगले सोमबार नेकपा एमालेलाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ। 

कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी(डाँगी)  र दिपक कुमालले एमाले परित्याग गरेकाले पद रिक्त भएको हो। उनीहरु तीनैजना एकीकृत समाजवादीमा आबद्ध भएका छन्। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को  दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरुको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज विष्टले बताए।

उनीहरुमध्ये कुमाल पार्टी फुट्नेवित्तिकै एकीकृत समाजवादीमा आबद्ध भएका थिए। उनी हाल पार्टीका तुलसीपुर नगर सचिव छन्। रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्तादिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश  गरेकी थिइन्।

सुझावित समाचार