ओली भेट्न फेरि बालकोट पुगे देउवा

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न फेरि बालकोट पुगेका छन् । केही बेरअघि सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेसका महामन्त्री गगन थापा, नेता पूर्णबहादुर खड्कासहित ओलीनिवास बालकोट पुगेका हुन् ।

एमसिसी परियोजनाको विषय पेचिलो बन्दै जाँदा प्रधानमन्त्रीले भेटवार्तालाई तीव्र बनाएका छन् । भेटवार्तामा एमालेका तर्फबाट ओलीसहित एमाले महासचिव शंकर पोखरेल पनि सहभागी छन् । 

सुझावित समाचार